लमजुङ । लमजुङकाे दाेर्दी गाउँपालिका-६ कर्तिवेशीस्थित दाेर्दीखाेलाकाे तुइन चुँडिएर साेमबार एक जना बेपत्ता भएका छन् । तुइन चढेर खाेलापारी रहेकाे जलदेवी मन्दिरमा पूजा गर्न जाने क्रममा साेही वडाकाे सिमे बस्ने ३२ वर्षीया फूलमाया गुरुङ बेपत्ता भएकाे प्रहरीले जनाएकाे छ ।
गुरुङ र किर्तिपुर बस्ने १७ वर्षीय विकास घले उक्त तुइनमा चढेर मन्दिर जाने क्रममा अचानक डाेरी चुँडिएकाे थियाे । डाेरी चुँडिएर खाेलामा खसेका विकासलाई स्थानीयले उद्धार गरेका छन् भने फूलमाया बेपत्ता भएकाे गण्डकी प्रदेश प्रहरी कार्यालय पाेखराका प्रहरी नायब उपरिक्षक अरुण भण्डारीले जानकारी दिनुभयाे । उनकाे खाेजी कार्य भइरहेकाे छ ।
साङ्केतिक तस्वीर