बुलेट बाइकसँगै खसेका युवाको शव फेला
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    बुलेट बाइकसँगै खसेका युवाको शव फेला

    खबरपुञ्ज संवाददाता

    १८ श्रावण २०७७, सोमबार

    पोखरा । स्याङ्जाको भालुपहाडबाट बुलेट बाइकसँगै खसेका एक १९ वर्षीय युवाको शव फेला परेको छ । स्याङ्जाबाट पोखरा आउँदै गर्दा ना ४० प ३७२० नम्बरको बुलेट बाइकसँगै खसेका स्याङ्जा चापाकोट नगरपालिका-५ सेखामका पङ्कज गिरीको शव सोमबार फेला परेको हो ।

    आइतबार सिद्धार्थ राजमार्गबाट अन्दाजी ४०० मिटर तल सेतीखोलाको खोचमा नम्बर प्लेट नभएको मोटरसाइकल माछा मार्ने मानिसहरुले देखेका थिए । बाइकसँगै हराएको भनिएका चालकको प्रहरीले खोजीकार्य थालेकोमा सोमबार दिउँसो १ बजे कपडा सहितको कङ्काल फेला परेको हो ।

    पहाडको झ्याङमा कपडासहित फेला परेको शवलाई आफन्तहरुले पहिचान गरिसकेको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले बताएको छ