गण्डकीमा थपिए ६ सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकीमा थपिए ६ सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    १८ श्रावण २०७७, सोमबार

    पोखरा । गण्डकी प्रदेशमा थप ६ नयॉ कोरोना सङ्क्रमित थपिएका छन् । कास्की, स्याङ्जा, पर्वत र लमजुङका ६ जनामा कोरोना पुष्टि भएको। स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    कास्कीको मादी गाउँपालिकाका २८ वर्षीया महिला, स्याङ्जाको पुतलीबजार नगरपालिकाका ३६ वर्षीया महिला, ३० र ३६ वर्षीय पुरुष, लमजुङको दुधपोखरी गाउँपालिकाका २९ वर्षीय पुरुष र पर्वतको कुष्मा नगरपालिकाका ३० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो । यसअघि सोमबार बिहानै मात्रै कास्की र स्याङ्जाका पॉच जनामा कोरोना पुष्टि भएको थियो ।

    योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार ५ सय ३५ पुगेको छ । यस्तै कोरोनाबाट निको हुनेको सङ्ख्या १ हजार ३ सय ४८ पुगेको छ ।