देशभर ४ सय १८ लाई काेराेना पुष्टि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    देशभर ४ सय १८ लाई काेराेना पुष्टि

    खबरपुञ्ज संवाददाता

    १८ श्रावण २०७७, सोमबार

    काठमाडाै । सोमबार थप ४ सय १८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।

    साेमबार थपिएकासहित हालसम्म कुल संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ। त्यस्तै विगत २४ घण्टामा विभिन्न अस्पतालबाट ३ सय ५८ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन्। आज डिस्चार्ज भएकासहित हालसम्म १४ हजार ९ सय ६१ जना कोरोनाबाट निको भएका छन्।

    देशभर ५ हजार ७ सय ३२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। हालसम्म ३ लाख ९८ हजारकाे पिसिआर परीक्षणा भएकाे छ। त्यस्तै हालसम्म मृतक ५७ जनामा कोरोना पुष्टि भएको छ।