अन्तर जिल्ला पास बन्द
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    अन्तर जिल्ला पास बन्द

    खबरपुञ्ज संवाददाता

    १९ श्रावण २०७७, सोमबार

    तनहुँ । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय तनहुँले अन्तरजिल्ला पास बन्द गरेको छ । गृहमन्त्रालयले अत्यावश्यक कामका लागि मात्रै पास जारी गर्ने र बिना पास अन्तर जिल्ला सवारी आवागमन पूर्ण रुपमा रोक लगाएकाले कार्यालयले पनि पास बन्द गरेको जनाएको छ ।

    सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले अत्यावश्यक काम बाहेक अन्तर जिल्ला आवागमन नगर्न सबैलाई आग्रह गरिएको जानकारी दिनुभयो । साथै बिना काम घरबाट बाहिर ननिस्कन पनि सर्वसाधारणलाई आग्रह गरिएकाे छ ।