नेपाली काङ्ग्रेस देउवा कोइराला पक्षको क्षेत्रीय सभापतिमा काजीमान श्रेष्ठ निर्वाचित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नेपाली काङ्ग्रेस देउवा कोइराला पक्षको क्षेत्रीय सभापतिमा काजीमान श्रेष्ठ निर्वाचित

    खबरपुञ्ज संवाददाता

    १३ कार्तिक २०८३, शुक्रबार

    तनहुँ, १३ कात्तिक । नेपाली काङ्ग्रेस शेरबहादुर–शशांक पक्षधरको तनहुँ क्षेत्र नम्बर १ को अधिवेशनबाट क्षेत्रीय सभापतिमा व्यास–१४ का वडाध्यक्ष काजीमान श्रेष्ठ निर्वाचित भएका छन् ।

    शुक्रबार सम्पन्न अधिवेशनबाट तनहुँ क्षेत्र नम्बर १ प्रदेश १ को सभापतिमा तारानरेश पौडेल र तनहुँ क्षेत्र नम्बर १ प्रदेश २ को सभापतिमा रामदेव पन्थ निर्वाचित भएको घोषणा गरिएको छ ।

    यस्तै व्यास नगर सभापति कृष्णप्रसाद सोती, आँबुखैरेनीको सभापतिमा भिष्मकान्त गौली, बन्दीपुरको सभापतिमा रामकृष्ण विक, भानु नगरको सभापतिमा गोविन्द जिसी र देवघाटको सभापतिमा प्रमोद निर्वाचित भएका छन् ।

    जिल्ला संयोजक प्रा.डा. कृष्णप्रसाद गौतमले जिल्लाका ६२ वडाको अधिवेशन सम्पन्न भएको जानकारी दिए ।