उद्योग वाणिज्य सङ्घले गर्याे प्रजिअलाई स्वागत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    उद्योग वाणिज्य सङ्घले गर्याे प्रजिअलाई स्वागत

    खबरपुञ्ज संवाददाता

    १९ श्रावण २०७७, सोमबार

    तनहुँ । तनहुँ उद्योग वाणिज्य सङ्घले हालै मात्र सरुवा भई आउनुभएका प्रमुख जिल्ला अधिकारी सागर आचार्यलाई सोमबार स्वागत गरेको छ ।

    उक्त कार्यक्रममा प्रजिअ आचार्यले प्रशासन र व्यवसायबीच जिल्लाको शान्ति सुरक्षा र अमनचयनको लागि सहकार्य जरुरी रहेको बताउनुभयो । नीति, नियम र कानूनको परिधिमा रहेर व्यापार व्यवसाय शान्त वातावरणमा गर्ने व्यवस्था सिर्जना गर्नका लागि आफू प्रतिबद्ध रहेको आचार्यले बताउनुभयो ।

    नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठले लकडाउनका कारण उद्योग व्यवसाय बन्द हुँदा एक जना व्यापारीलाई जति असर पर्दछ उक्त उद्योगबाट कैयौं मजदूर तथा श्रमिकहरूलाई त्यो भन्दा बढी असर पर्ने बताउनुभयो ।

    सङ्घका अध्यक्ष मानकाजी श्रेष्ठले जिल्लामा शान्ति, सुरक्षाको व्यवस्था कायम गर्न प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै कुनै पनि दलको प्रभावमा नपरी उद्योगी, व्यवसायीमैत्री व्यवहारको अपेक्षा गरिएको बताउनुभयो ।

    कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका उपाध्यक्ष कृष्णराज पण्डित, तनहुँ उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष मंगलप्रसाद श्रेष्ठ, महासचिव ईमकुमार मल्ल, दमौली बजार इकाई समितिका सभापति राजकुमार श्रेष्ठ (राकु) लगायतले मन्तव्य राख्नुभएको थियो ।