शुक्लागण्डकीमा २६ जनालाई अपाङ्गता परिचयपत्र वितरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    शुक्लागण्डकीमा २६ जनालाई अपाङ्गता परिचयपत्र वितरण

    खबरपुञ्ज संवाददाता

    १८ श्रावण २०७७, सोमबार

    तनहुँ / शुक्लागण्डकी नगरपालिकामा २६ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ । सामाजिक विकैस शाखाले गत वर्ष छुट भएकालाई अपाङ्गता परिचयपत्र वितरण गरेको हो ।

    ‘क’ वर्गको ४ जनालाई, ‘ख’ वर्गको १५ जनालाई, ‘ग’ वर्गको ६ जनालाई र १ जनालाई ‘घ’ वर्गको परिचयपत्र वितरण गरिएको सामाजिक विकास शाखा प्रमुख हिमा पोखरेलले जानकारी दिनुभयो । परिचयपत्र पाएकाले चित्त नबुझेमा कार्यविधी अनुसार संशोधन गर्न निवेदन दिन सक्ने पोखरेलले बताउनुभयो ।

    योसँगै शुक्लागण्डकीमा ६ सय १२ जनाले अपाङ्गता परिचयपत्र लिएका छन् । गत वर्ष नगरपालिकाले दुलेगौँडामा स्वास्थ्य शिविर नै चलाएर ५ सय ८६ जनालाई परिचयपत्र वितरण गरेको थियो । नगरमा ‘क’ वर्गको १ सय ४४ जना, ‘ख’ वर्गको २ सय ४५ जना, ‘ग’ वर्गको १ सय ४५ जना र ७८ जनाले ‘घ’ वर्गको परिचयपत्र वितरण पाएका छन् ।