तनहुँ / शुक्लागण्डकी नगरपालिकाको कोरोना रोकथाम नियन्त्रण तथा व्यवस्थापन कोषमा खत्री समाज शुक्लागण्डकीले सहयोग गरेको छ । आइबार समाजले १७ हजार ९ सय ३५ रपैयाँ नगद सहयोग गरेको हो ।
उक्त रकम शुक्लागण्डकी–७ का वडा अध्यक्ष रामबहादुर क्षेत्री थापा, समाजसेवी दलबहादुर खत्रीले नगरप्रमुख किसान गुरुङलाई हस्तानतरण गर्नुभयो । नगरप्रमुख गुरुङले कोरोना रोकथामका लागी उक्त रकमको पारदर्शी ढङ्गले प्रयोग गर्ने बताउनुभयो । नगरमा रहेका खत्री समुदायसँग सङ्कलन गरेर रकम सहयोग गरेको समाजले जनाएको छ ।