मिर्गौला पीडित श्रेष्ठद्वारा सहयोगको अपिल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    मिर्गौला पीडित श्रेष्ठद्वारा सहयोगको अपिल

    विवि श्रेष्ठ

    १९ श्रावण २०७७, सोमबार

    तनहुँ । साविक जामुने गाविसको गुणादी दभुङ्ग घर भई हाल व्यास नगरपालिका–४ मा बस्दै आउनुभएका रामलाल श्रेष्ठको दुवै मिर्गौलाले काम गर्न छाडेको छ । लामो समयसम्म शिक्षण पेशामा आबद्ध श्रेष्ठको विगत १८ महिनादेखि मृगौलाले काम गर्न छाडेको हो ।

    मिर्गौलाले काम गर्न छाडेपछि पोखरामा उपचार गराउनुभएका श्रेष्ठले हाल दमौली अस्पतालमा हप्ताको २ दिन नियमित डायलसिस गर्दे आईरहनुभएको छ ।

    मिर्गौलाले काम गर्न नसकेपछि शिक्षण पेशाबाट राजिनामा दिएर उपचार गर्दै आउनुभएका ५५ वर्षीय श्रेष्ठलाई आर्थिक अभावक् कारण समस्या परेको छ । घरको आर्थिक अवस्था कमजोर रहेको र उपचारका लागि ठूलो रकम लाग्ने भएपछि चिन्ता थपिएको श्रेष्ठले बताउनुभयो ।

    लामो समयदेखि शिक्षण पेशामा लागेर समाज परिवर्तनका लागि महत्वपूर्ण भूमिका खेलेको हुँदा उपचारपछि बॉकी जीवन पनि समाजसेवामा लाग्ने श्रेष्ठको चाहना छ । नियमित डायलसिस गर्नुपर्ने या मिर्गौला फेर्नुपर्ने बाध्यता रहेका श्रेष्ठले आफन्त तथा साथीभाईहरुले सक्दो आर्थिक सहयोग गरेमा मिर्गौला फेर्न र बॉकी उपचारमा सहयोग पुग्ने आशा व्यक्त गर्नुभयो ।

    श्रेष्ठका श्रीमती यशोदाले भन्नुभयो, “लामो समयदेखि उपचार गर्दा भएको रकम पनि सकियो, ऋण पनि लागेको छ । बॉकी औषधी उपचार कसरी गर्ने भन्ने चिन्ता छ । आफन्त र शुभेच्छुकको सहयोग नै अब हाम्रो वाँच्ने आधार हो ।”