गाेरखा । गोरखाको पालुङटार नगरपालिका–४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाट बलात्कार आरोपमा पक्राउ पर्नुभएकाे छ । रानाभाटलाई प्रहरीले सोमबार साँझ निवासबाट पक्राउ गरेको हो ।
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उजुरी परेपछि रानाभाटलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक सुरेन्द्र गुरुङले जानकारी दिनुभयाे । रानाभाटलाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।