कोरोना सङ्क्रमण बढेको भन्दै पौडेलद्वारा भेटघाट बन्द
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कोरोना सङ्क्रमण बढेको भन्दै पौडेलद्वारा भेटघाट बन्द

    खबरपुञ्ज संवाददाता

    १९ श्रावण २०७७, मंगलवार

    काठमाडाै । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भेटघाटका कार्यक्रम बन्द गर्नुभएकाे छ । काठमाडौं उपत्यकाभित्र पनि कोरोना सङ्कक्रमित दिनप्रतिदिन बढ्दो क्रममा रहेकाले पाैडेलले भेटघाटका कार्यक्रम बन्द गर्नुभएकाे हाे ।

    कोरोना महामारीमा सचेत र सजक रहन पौडेलको सचिवालयले विज्ञप्ति निकाल्दै तत्कालका लागि भेटघाटका कार्यक्रम बन्द गरिएको जानकारी दिएको छ। ”अत्यावश्यक बाहेकका भेटघाट कार्यक्रम केहि समयका लागि बन्द गरिएको छ,’’ पौडेलको सचिवालयले भनेको छ। काम परेमा भर्चुअल बैठक र टेलिफोनबाट कुराकानी गर्न पौडेलको सचिवालयले आग्रह गरेको हो।