लायन्सद्वारा जस्तापाता सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    लायन्सद्वारा जस्तापाता सहयोग

    खबरपुञ्ज संवाददाता

    १९ श्रावण २०७७, मंगलवार

    तनहुँ । वर्षाका कारण घर भत्किएका तनहुँकाे शुक्लागण्डकी नगरपालिका–२ एक्लेखेतका कुमार विकलाई लायन्स क्लव अफ शुक्लागण्डकीले जस्तापाता सहयोग गरेको छ । घर भत्किएर समस्यामा पर्नुभएका विकलाई क्लवले मङ्गलबार दुई वण्डल जस्तापाता सहयोग गरेको हो ।

    पीडित विकको अनुरोधमा उहाँलाई तत्कालका लागि आवश्यक १२ फुटको दुई वण्डल जस्तापाता हस्तान्तरण गरिएको क्लवका संस्थापक अध्यक्ष तीर्थराज खनालले जानकारी दिनुभयो । “जहाँ आवश्यकता त्यहाँ लायन्स” भन्ने नारालाई अङ्गिकार गर्दै क्लवले समस्यामा पर्नेहरुलाई विभिन्न सहयोग गर्दै आइरहेको छ ।

    Image may contain: 7 people, including Pradeep Thapa and Tirtha Raj Khanal, outdoor, text that says 'लायन्स LIONS डितलाई अफश SHUK IDAKI VANS'

    कार्यक्रममा वडाध्यक्ष जगत बहादुर गुरुङ्, क्लवका जोन चेयरपर्सन प्रदीप थापा, क्लबका अध्यक्ष मिन बहादुर, लामिछाने, पूर्व अध्यक्ष एवं जनप्रतिनिधि बुद्धि बहादुर थापा, जनप्रतिनिधि नर बहादुर पुन, क्लबका निवर्तमान अध्यक्ष सुरेन्द्र पौडेल, प्रथम उपाध्यक्ष दिपेन्द्र थापा, द्वितीय उपाध्यक्ष सुमन सापकोटा, तृतीय उपाध्यक्ष सुरेन्द्र तामाङ, सचिव खुम बहादुर राई, कोषाध्यक्ष विजय अर्याल लगायत सहभागी हुनुहुन्थ्यो ।