माेटरसाइकल राेक्दा भेटियाे गाँजा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    माेटरसाइकल राेक्दा भेटियाे गाँजा

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ पसलेबाट गाँजा सहित दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्वतको साविक भुक्सिङ गाविस–२ घर भई हाल कास्कीको पोखरा महानगरपालिका–१४ मझरीपाटन बस्ने १९ वर्षीय आशिष गुरुङ र धम्पुस बस्ने २३ वर्षीय सगुन परियार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    मोटरसाइकलमा दमौलीबाट पोखरातर्फ जाँदै गरेका उनीहरुको साथबाट प्रहरी चौकी थर्पुबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा ८ सय १० ग्राम गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । “शङ्कास्पद रुपमा पोखरातर्फ जाँदै गरेका उनीहरुलाई तत्काल नियन्त्रणमा लिई खानतलासी गर्दा आशिषले बोकेको झोलाभित्र लुकाएर राखिएको गाँजा बरामद भएको छ,” प्रनाउ तिमिल्सनाले भन्नुभयो, “उक्त गाँजा खरिद विक्री कारोवारमा दुवै जनाको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।”

    पक्राउ परेका दुई जनाविरुद्ध मङ्गलबार जिल्ला अदालत तनहुँमा लागुऔषध गाँजा मुद्दामा म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।