तनहुँ । आफैले चलाएको मोटरसाईकल अनियन्त्रित भएर बुधबार तनहुँमा एक जना घाईते भएका छन् । पोखराबाट दमौलीतर्फ जाँदै गरेको ग ७ प ८६८६ नं काे माेटरसाईकल अनियन्त्रित भएर शुक्लागण्डकी नगरपालिका–६ कुम्लेखोलामा सडकबाट ३० मिटर तल खस्दा महोत्तरी घर भई नेपाल विद्युत प्राधिकरण लेखनाथ शाखामा कार्यरत प्रेम शर्मा घाईते हुनुभएको हो ।
उहाँलाई ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरी टोलीले उद्धार गरी जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा ल्याएको थियो । त्यहाँ सामान्य उपचारपश्चात थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पठाइएकाे प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिनुभयाे ।