पार्टीमा सबैलाई उचित जिम्मेवारी दिन्छाै : गुरुङ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    पार्टीमा सबैलाई उचित जिम्मेवारी दिन्छाै : गुरुङ

    खबरपुञ्ज संवाददाता

    २१ श्रावण २०७७, बिहीबार

    पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले पार्टीमा प्रवेश गर्ने सबैलाई उचित जिम्मेवारी दिइने बताउनुभएको छ ।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फेदीखोलाको आयोजनामा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री गुरुङले पार्टीमा कसैलाई पनि भेदभाव नगरी जिम्मेवारी दिइने बताउनुभयो। विसं २००६ सालदेखि कम्युनिष्ट पार्टी एकीकरण हुँदै आएको बताउँदै गुरुङले विरोधीहरुले प्रचार गरेजस्तै नेकपा नफुट्ने दाबी गर्नुभयो ।

    मन्त्री गुरुङले भन्नुभयो, “ नेकपाको विरुद्धमा नकारात्मक दृश्य देखाएर गलत प्रचार गरि भ्रम फैलाउने काम भएको छ ।” इतिहासमा नै राष्ट्रियताको सवालमा वर्तमान केपी ओली नेतृत्वको सरकारले अडान लिने कार्य भएको बताउँदै भारतले अतिक्रमण गरेको भूमि नेकपाको सरकारले फिर्ता गरेको बताउनुभयो । हिजो जस्तै आज पनि जनताले नेकपाको सरकारलाई साथ दिइरहेको बताउँदै मन्त्री गुरुङले युवाहरुको प्रवेशले नेकपालाई थप शक्तिप्रदान गरेको बताउनुभयो ।

    कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सभाका प्रमुख सचेतक मायानाथ अधिकारी, नेकपा प्रदेश सचिवालय सदस्य एवं प्रदेश सभा सदस्य रोशन गाहा, नेकपा स्याङ्जा जिल्ला अध्यक्ष पारस गैरे, सचिव मीन प्रसाद गुरुङ, नेता मोहन रेग्मी लगायतको सहभागिता थियो । कार्यक्रमको सञ्चालन फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले गर्नुभएको थियो ।

    सो अवसरमा नेपाल तरुण दलका दिपक थापा, अभिषेक अधिकारी, सुनिल भण्डारी, सुबास अधिकारी, स्थानीय निर्वाचनमा काङ्ग्रेसको सदस्यका उम्मेदवार तेज बहादुर गुरुङ , सन्दिप गुरुङ लगायतका युवाहरुलाई मन्त्री गुरुङले स्वागत गर्नुभएको थियो ।