स्याङ्जामा लकडाउन एक साता थपियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    स्याङ्जामा लकडाउन एक साता थपियो

    खबरपुञ्ज संवाददाता

    २२ श्रावण २०७७, शुक्रबार

    स्याङ्जा । कोरोना सङ्क्रमण नियन्त्रण र रोकथामका लागि स्याङ्जामा लकडाउन एक साता थप गरिएको छ । यस अघि साउन १३ गते देखि लागू हुने गरि जिल्ला कोरोना सङ्कट व्यवस्थापन केन्द्रले अत्यावश्यक वस्तु तथा सेवा प्रवाह बाहेक क्रियाकलाप नगर्ने नगराउने गरि १० दिनका लागि बन्दाबन्दी गराएको थियो ।

    साउन २३ गतेसम्मका लागि जारी गरेको लकडाउन अवधि समाप्त हुन लाग्दा पनि कोरोना सङ्क्रमितकाे सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको कारण जनाउँदै प्रशासनले साउन २९ सम्मका लागि लकडाउन थप गरेको हो ।

    निर्णय अनुसार अब साउन २९ सम्म स्याङ्जा जिल्ला भर बन्दाबन्दी यथावत रहनेछ भने राती ९ बजे देखि बिहान ५ बजेसम्म हिँडडुल निषेधित गरिएको छ । त्यस्तै सामाजिक दुरी कायम नगर्ने, मास्क नलगाउने तथा सुरक्षा मापदण्ड विपरीतको कार्य गरेमा संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही हुने पनि प्रशासनले जानकारी दिएको छ ।