तनहुँ । मास्क प्रयोग नगरी हिँडडुल गर्नेलाई तनहुँ प्रहरीले कारवाही अभियान जारी राखेको छ । कोभिड-१९ को जोखिम कायम रहेको अवस्थामा मास्क प्रयोग गर्न आग्रह गरेपनि अटेर गर्नेलाई प्रहरीले कारवाही गरेको हो ।
यसैक्रममा प्रहरीले दश दिनको अवधिमा ७ सय २१ जनालाई जरीवाना गराएको छ । गत बुधबारदेखि शुक्रबारसम्मको अवधिमा गरिएको कारवाहीबाट रु ७२ हजार एक सय राजस्व सङ्कलन भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
साउम २१ गते ५०, साउन २२ गते ५० र साउन २३ गते २ सय २१ जनालाई कारवाही गरिएको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सनाले जानकारी दिनुभयो ।
“जिल्ला प्रशासन कार्यालय र प्रहरीले संयुक्त रुपमा मास्क प्रयोग गरेन सचेतना कार्यक्रम सञ्चालन गरेपनि सर्वसाधारणले त्यसलाई कार्यान्वयन गरेको देखिएन” प्रनाउ तिमिल्सनाले भन्नुभयो, “कारवाही गरिएकालाई थप सचेतना प्रदान गरिएको छ ।”