प्रेमराजा महत दम्पतिलाई कोरोना सङ्क्रमण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्रेमराजा महत दम्पतिलाई कोरोना सङ्क्रमण

    खबरपुञ्ज संवाददाता

    २३ श्रावण २०७७, शनिबार

    तनहुँ । वरिष्ठ लोकगायक तथा अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारको महावाणिज्यदूत प्रेमराजा महत र उहॉका श्रीमती कविता केसी महत कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ ।

    वरिष्ठ लोकगायक महतले अगस्त ७, शुक्रबार दिउँसो करिब ३ बजे सामाजिक सन्जाल फेसबुकमार्फत् आफू र पत्नी दुवै सङ्क्रमित भएको जानकारी दिनुभएको छ । उहॉले ध्यान राख्दाराख्दै दुर्भाग्यबस कोरोना सङ्क्रमण हुनबाट जोगिन नसकेको उल्लेख गर्नुभएको छ ।

    उहॉले हाल आफ्नै घरको एउटा–एउटा कोठामा आइसोलेसनमा बसेको जानकारी दिनुभएको छ । छोरा डा. सरगम महतको निरीक्षण र निगरानीमा बसेको उहॉले बताउनुभयो ।