मिर्गौला पीडितलाई अष्ट्रेलियाबाट सहयोग (भिडियाे सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मिर्गौला पीडितलाई अष्ट्रेलियाबाट सहयोग (भिडियाे सहित)

    खबरपुञ्ज संवाददाता

    २३ श्रावण २०७७, शनिबार

    तनहुँ । तनहुँको व्यास नगरपालिका–४ निवासी मिर्गौला पीडित रामलाल श्रेष्ठको उपचारका लागि अष्ट्रेलियाबाट प्राप्त रु ५० हजार शनिबार हस्तान्तरण गरिएको छ । तनहुँ समाज अष्ट्रेलियाले सङ्कलन गरी पठाएको उक्त रकम सामाजिक अभियान्ता लक्ष्मीभक्त खनाल, सराेज भण्डारीको पहलमा पीडित श्रेष्ठलाई हस्तान्तरण गरिएको हो ।

    नेपाली काङ्ग्रेस तनहुँका पूर्व सभापति रघुनाथ पौडेल, अभियान्ता खनाल लगायतले पीडितलाई रकम हस्तान्तरण गर्दै थप रकम सङ्कलनका लागि अभियान चलाइने बताउनुभयो ।

    दमौली घर भई हाल चितवनमा बस्ने राजु श्रेष्ठको उपचारका लागि अष्ट्रेलियाबाट रु एक लाख ८१ हजार चार सय ५ सङ्कलन भएकामा राजुलाई रु एक लाख ३१ हजार चार सय पाँच हस्तान्तरण गरेर रु ५० हजार रामलाललाई सहयोग गरिएको खनालले जानकारी दिनुभयो ।

    मिर्गौला पीडित रामलालका वल्र्डलिङ्कमा रोजगारी गर्ने छोरा सुवासको साउन २१ गते करेन्ट लागेर मृत्यु भएको थियो । “एक त आफै मिर्गौला पीडित, अर्कोतर्फ छोराको करेन्ट लागेर मृत्यु भएपछि श्रेष्ठ परिवारमा पीडा माथि पीडा थपिएको छ,” खनालले भन्नुभयो, “उहाँको उपचारका लागि अब हामी रकम सङ्कलन अभियान सञ्चालन गर्छौ ।”

    साेही क्रममा व्यवसायी एमडी माेविनले पनि श्रेष्ठलाई रु तीन हजार प्रदान गर्नुभएकाे छ ।

    साविक जामुने गाविसको गुणादी दभुङ्ग घर भई हाल व्यास नगरपालिका–४ मा बस्दै आउनुभएका रामलाल लामो समयसम्म शिक्षण पेशामा आबद्ध हुनुहुन्थ्यो । मिर्गौलाले काम गर्न छाडेपछि उहाँले शिक्षण पेशा छाड्नुभयो । केही समय पोखरामा डायलासिस गराउनुभएका श्रेष्ठले हाल दमौली अस्पतालमा हप्ताको दुई दिन डायलासिस गराइरहनुभएको छ ।

    श्रेष्ठलाई आर्थिक अभावकै कारण आफ्नो उपचारका लागि समस्या भइरहेका बेला छोराको निधनले थप पीडा भएकाले उहाँलाई सहयोगको आवश्यकता रहेको उहाँलाई नजिकबाट चिन्ने सञ्चारकर्मी विवि श्रेष्ठले बताउनुभयो ।