मुग्लिन-नारायणगढ सडक अवरुद्ध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • वागमती

    मुग्लिन-नारायणगढ सडक अवरुद्ध

    खबरपुञ्ज संवाददाता

    २४ श्रावण २०७७, शनिबार

    चितवन । सुख्खा पहिरो झरेका कारण नरायणगढ – मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ । यस सडकखण्ड अन्तरगत शनिबार साँझ ५ : ३० बजे चितवनको इच्छाकामना ६ स्थित चार किलोमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो ।

    अहिले पनि पहिरो झर्ने क्रम जारी रहेकोले पहिरो हटाउने काम शुरु गर्न नसकिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरो हटाउन मेसिन तयारी अवस्थामा पहिरो स्थलमा रहेको प्रहरीले जनाएको छ।

    फाइल तस्वीर