समृद्ध नेपाल, सुखी नेपालीको आकाङ्क्षा पूरा गर्न साझा दायित्वबोध आवश्यक : मुख्यमन्त्री गुरुङ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    समृद्ध नेपाल, सुखी नेपालीको आकाङ्क्षा पूरा गर्न साझा दायित्वबोध आवश्यक : मुख्यमन्त्री गुरुङ

    खबरपुञ्ज संवाददाता

    २५ श्रावण २०७७, आईतवार

    पाेखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्न साझा दायित्वबोध आवश्यक रहेकोमा जोड दिनुभएको छ । २६ औं विश्व आदिवासी दिवस (अगष्ट ९) को अवसरमा आइतबार शुभकामना दिनुहुँदै मुख्यमन्त्री गुरुङले सबै एकताबद्ध भई लाग्न आजको दिनले सबैलाई प्रेरणा प्रदान गर्ने उल्लेख गर्नुभयो ।

    मुख्यमन्त्री गुरुङले संवैधानिक र कानूनी रुपमा प्राप्त आदिवासी जनजातिका सामाजिक, सांस्कृतिक, राजनीतिक र आर्थिक अधिकारको व्यवहारमा प्रयोग र रक्षा गर्दै थप अधिकारको सुनिश्चितताका लागि शान्तिपूर्ण, संवैधानिक र लोकतान्त्रिक माध्यमबाट अगाडी बढ्नुपर्ने बताउनुभयो ।

    नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई आफ्नो भाषा, लिपि, संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदाको सम्बद्र्धन एवं संरक्षण गर्ने मौलिक हकको व्यवस्था संविधानमा स्पष्ट उल्लेख भएको मुख्यमन्त्री गुरुङले बताउनुभयो । लामो समयदेखि जारी लकडाउन हटेपनि कोभिड–१९ को जोखिम कायमै रहेको हुँदा आवश्यक सुरक्षा र सजगता अपनाउन मुख्यमन्त्री गुरुङले अपिल गर्नुभएको छ ।

    Image may contain: text that says 'मुख्यमन्ची सा्तिव मणडकी सरकार ਅਿਕਾਰਾਰਾ गण्डकी प्रदेश पोखरा, नेपाल शुभकामना दिवस अगष्ट), स-स्वास्थ्य उत्तरोत्तर दिदीवहिनी शुभकामना दाजुभाईहरुमा संयुक्त सम्वर्धनका जनजातिहरुले अधिकार मुद्रालाई उठान आदिवासी आएको प्रत्येक वर्पको जनजातिका आधारभूत मानवअधिकार संसारभरका आदिवासी आदिवासी जनजातिको विभिन्न बहुभापिक, गरी सद्भावलाई बहुसांस्कतिक विविधतायूक्त विशेपतालाई नेपाली विभेदको समानुपातिक समावेशी निर्माण नेपालको लिपि, संस्कृत विभेद समानता, सामाजिक सहभागितामूलक सिद्दान्तका समतामूलक नेपालमा बसोबास प्रत्येक सम्वर्धन आफनो मौलिक कानूनीरुपमा आदिवासी जनवातिका सामाजिक, सांस्कतक, राजनीतिक अधिकारको व्यवहारमा अधिकारको सुनिश्चितताको शान्तिपूर्ण, लोकतान्चिक बदने नेपालीको राष्ट्रिय गर्न साभा एकतावद्द दिनले हामी अपिल गर्दद्ु। जोखिम मिति: २०७७ साउन पृथ्वी सुब्बा गुरुड'