पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना निको हुने १६ पुगेका छन् । यस अवधिमा तनहुँमा ४, नवलपुरमा १, लमजुङमा ६, बागलुङमा २ र पर्वतमा ३ जना निको भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
योसँगै गण्डकी प्रदेशमा १४५९ कोरोना सङ्क्रमित निको भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।
एक नयॉ सङ्क्रमित थपिए
आइतबार गण्डकी प्रदेशमा एक कोरोना सङ्क्रमित थपिएका छन् । पर्वतको कुश्मा नगरपालिका-४ का २३ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।