पर्वत । पर्वत जिल्लामा आइतबारबाट डायलासिस सेव् शुरु भएको छ । गण्डकी प्रदेश सरकारले डायलासिस सेवा सञ्चालनका लागि सहयोग गरेपछि अस्पतालमा सेवा शुरु भएको हो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त सेवाको शुभारम्भ गर्नुभयो । प्रदेश सरकारले रु एक करोड ३० लाख बजेट सहयोग गरेको थियो । उक्त बजेटबाट चार वटा मेसिन जडान गरिएको छ ।
सेवा शुरु भएसँगै यहॉका मिर्गौलाका बिरामीले अब डायलासिस सेवाका लागि अन्पत्र जानुपर्ने बाध्यता अन्त्य भएको छ । दुई सिफ्ट सञ्चालन गर्दा दैनिक १२ जनालाई सेवा दिन सकिने अस्पतालले जनाएको छ ।