लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

    खबरपुञ्ज संवाददाता

    २५ श्रावण २०७७, सोमबार

    तनहुँ । लागुऔषध मुद्दाका दुई फरार प्रतिवादी चार वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास नगरपालिका–५ चापाघाट बस्ने ३० वर्षीय रामबहादुर थापा र २३ वर्षीय गोविन्द थापा रहेका छन् ।

    उनीहरुलाई आइतबार राति घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । निजहरु विरुद्ध जिल्ला अदालत तनहुँले विसं २०७३ मङ्सिर ५ गते ५ महिना २७ दिन कैदको फैसला सुनाएको थियो ।

    निजहरुलाई सोमबार जिल्ला अदालत पेश गरिएकामा अदालतको आदेश बमोजिम कैद भुक्तानका लागि कारागार चलान गरिएको छ । प्रहरीले विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तिको खोजीकार्यमा तीव्रता दिएको छ ।