तनहुँ । तनहुँकाे व्यास नगरपालिका-५ चापाघाटमा कृष्ण जन्माष्टमीकाे अवसरमा हुँदै आएकाे कृष्ण झुलाकाे विशेष कार्यक्रम यस वर्ष नहुने भएकाे छ । काेभिड-१९ काे जाेखिमका कारण कृष्ण झुलाकाे विशेष कार्यक्रम स्थगित गरिएकाे हाे ।
भजन सङकीर्तन समूहका अध्यक्ष हिमाल श्रेष्ठले सामान्य रुपमा पूजाआजा गरेर मात्रै कृष्ण जन्माष्टमीकाे कार्यक्रम गरिने जानकारी दिनुभयाे । “सामान्य पूजाआजा बाहेक अरु सबै कार्यक्रम स्थगित गरेका छाै,” उहाँले भन्नुभयाे, “पूजाआजा गर्दा पनि भाैतिक दूरीलाई अनिवार्य गरिएकाे छ ।”