फोक्सोको क्यान्सर पीडितलाई सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    फोक्सोको क्यान्सर पीडितलाई सहयोग

    खबरपुञ्ज संवाददाता

    २५ श्रावण २०७७, सोमबार

    तनहुँ । फोक्सोको क्यान्सरबाट पीडित लमजुङको जिता निवासी ३० वर्षीया रुपा श्रेष्ठलाई दक्षिण कोरियाबाट सहयोग जुटेको छ । दक्षिण कोरियामा कार्यरत रमेश बस्नेत, किरण थापा र अन्य साथीहरुको पहलमा श्रेष्ठको उपचारका लागि रु एक लाख ४० हजार ७० सहयोग जुटेको हो ।

    उक्त रकममा रु १० हजार ५ सय थप गरी रु एक लाख ५० हजार ५ सय ७० सोमबार व्यास नगरपालिका–२ निवासी पदम बानियाँले पीडित श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो ।

    विगत लामो समयदेखि मिर्गौलामा ट्युमर भई अप्रेशन गराउनुभएकी श्रेष्ठको हाल फोक्सोमा क्यान्सर भएको छ । आर्थिक अवस्था कमजोर भएकाले उपचारमा सहयोग गर्न पीडित श्रेष्ठले सबैलाई आग्रह गर्नुभएको छ ।