डोटीमा घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • सुदूरपश्चिम

    डोटीमा घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    २७ श्रावण २०७७, मंगलवार

    डोटी । डोटीको आदर्श गाउँपालिका–१ बाँझककानी खलगडामा घर भत्किँदा एकै परिवारका चार जनाको ज्यान गएको छ । पाँच जना घाइते भएका छन् ।

    स्थानीय गोविन्द पार्कीले दिएको जानकारी अनुसार गएराति करिब एक बजे स्थानीय अन्दाजी ३२ वर्षीय लोगे विकको घर भत्किँदा उनकी श्रीमती विष्ना विक, १२ वर्षीय छोरा पारस, छोरीहरु आठ वर्षीया सिर्जना र चार वर्षीया जेनिसाको मृत्यु भएको हो ।

    घटनामा लोगे, उनकी आमा ताना लुहार र एक छोरी घाइते भएका छन् । यस्तै भेटघाट गर्न आएका लोगेकी सासु आमा र साला पनि घाइते भएका छन् । घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि थप उपचारका सदरमुकाम ल्याइँदैछ ।