तनहुँ । लागुऔषध मुद्दामा फरार रहेका एक व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–५ बस्ने २७ वर्षीय रवि गुरुङ रहेका छन् ।
उनलाई सोही वडाको तिलेचौर बस्ने गङ्गाबहादुर गुरुङको घरमा खोजतलास गर्ने क्रममा शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।
विसं २०७४ फागुन १४ गते लागुऔषध सहित पक्राउ परेको मुद्दामा गुरुङले तत्काल घटनामा संलग्न रही फरार रही कानुनको म्याद समेत गुजारेका थिए । पक्राउ परेका उनलाई शुक्रबार नै जिल्ला अदालत तनहुँ पेश गरिएको छ ।