थाइराइड परीक्षण गराउँदै हुनुहुन्छ ? दमौलीमै पाइन्छ सेवा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    थाइराइड परीक्षण गराउँदै हुनुहुन्छ ? दमौलीमै पाइन्छ सेवा

    खबरपुञ्ज संवाददाता

    ३० श्रावण २०७७, शनिबार

    तनहुँ । थाइराइड परीक्षणका लागि रगतको नमूना पोखरा पठाउनुपर्ने तनहुँवासीको बाध्यता अब अन्त्य भएको छ । व्यास डाईग्नोष्टिक ल्यावोरेटरी प्रालिले अत्याधुनिक उपरकरण भित्र्याएसँगै थाइराइड परीक्षणका लागि अन्यत्रै जानुपर्ने जिल्लावासीको बाध्यता हटेको हो ।

    विश्वकै उत्कृष्ट प्रविधि क्लिया प्रविधिबाट एक घण्टामै थाइराइड परीक्षणको रिपोर्ट पाइने ल्यावोरेटरीका अध्यक्ष सुरेश तिमिल्सिनाले जानकारी दिनुभयो । ल्यावोरेटरीले एक वर्ष अगाडी उक्त मेसिन खरिद गरेर ल्याएको हो । “यस अगाडी थाइराइडको परीक्षणका लागि पोखरा, चितवन र काठमाडौ जानुपर्ने बाध्यता थियो, तर दमौलीमै उक्त मेसिन ल्याइएकाले अन्यत्र गएर महङ्गो शुल्क तिर्नपर्दैन,” उहाँले भन्नुभयो ।

    केही स्वास्थ्य संस्थाले दमौलीमा नमूना लिएर पोखरामा परीक्षण पश्चात् भोलिपल्ट मात्रै रिपोर्ट दिने गरेपनि आफूहरुले नमूना लिएको एक घण्टाभित्रै रिपोर्ट दिने तिमिल्सिनाले जानकारी दिनुभयो । मेसिन ल्याएको एक वर्षको अवधिमा ल्यावोरेटरीले करीब ५÷६ हजारको थाइराइड परीक्षण गरिसकेको छ ।

    ल्यावोरेटरीमा थाइराइडका अलवा मधुमेह, बाथरोग, खराब बोसो, भिटामिन, क्यान्सर तथा सम्पूर्ण रक्त परीक्षण तथा दिसापिसाब, बाँझोपन, खकार र वीर्य परीक्षणको सुविधा रहेको छ । कोभिड–१९ को महामारीका कारण सबैमा २० प्रतिशत छुट दिइएको तिमिल्सिनाले जानकारी दिनुभयो । यस अगाडी थाइराइडको परीक्षणका लागि रु एक हजार शुल्क लिने गरिएको थियो ।
    “रगत परीक्षण गरेर पत्ता लाग्ने सबै रोगको परीक्षण सुविधा छ, दक्ष प्राविधिकबाट परीक्षण गरिने भएकाले रिपोर्ट ढुक्क हुन्छ,” उहाँले भन्नुभयो, “हाम्रोमा गरिएको परीक्षणले सबै स्वास्थ्य संस्थामा मान्यता पाउछ ।”