पाेखरा । कास्की जिल्लामा शनिबार ८ कोरोना सङ्क्रमित थपिएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षण अनुसार पोखरा महानगरपालिकाका विभिन्न वडाका ८ जनामा कोरोना पुष्टि भएको हो ।
स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार पोखरा महानगरपालिका–१ का २५, २५, वडा नं १४ का ३१, ३२, वडा नं १० का १८, वडा नं २७ का १८, ३० र वडा नं १७ का ४० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । सबैलाई आइसोलेशन कक्षमा लगिएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार ७ सय पुगेको छ ।