पोखरा । कास्कीमा पॉच जना कोरोना सङ्क्रमित थपिएका छन् । आइतबार प्राप्त रिपोर्ट अनुसार पोखरा महानगरपालिकाका तीन महिला र दुई पुरुषमा कोरोना पुष्टि भएको हो ।
स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार पोखरा महानगरपालिका-१६ का २२, ५० र पोखरा महानगरपालिका-५ का ३३ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ । त्यस्तै पोखरा महानगरपालिका-१६ का २२ र ३० वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।
यस्तै तनहुँको भानु नगरपालिका-४ का ३० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।
यो सँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार ७०९ पुगेको छ ।