पन्तको २० महिने कार्यकालका प्रमुख ३० काम !
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    पन्तको २० महिने कार्यकालका प्रमुख ३० काम !

    खबरपुञ्ज संवाददाता

    १ भाद्र २०७७, सोमबार

    तनहुँ । तनहुँको व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले आफ्नो कार्यकालमा भएको प्रमुख ३० काम सार्वजनिक गर्नुभएको छ । गोरखा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएर जान लाग्नुभएका पन्तले आफ्नो कार्यकालमा भएका प्रमुख कामहरु सार्वजनिक गर्नुभएको हो ।

    विसं २०७५ मङ्सिर २४ गते व्यास नगरपालिकामा हाजिर हुनुभएका पन्तले २० महिनाको बसाइँको क्रममा नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्य, नगर सदस्य, सांसदहरु, प्रमुख जिल्ला अधिकारी, सञ्चारकर्मी लगायतबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्नुभएको छ ।

    पन्तले जारी गर्नुभएको विज्ञप्तीमा प्रमुख ३० कामको विवरण समावेश छ । व्यास नगरपालिकाको सङ्गठन संरचना तयार गरी कार्यान्वयनमा आएको, कर्मचारी समायोजन र जनशक्ति व्यवस्थापन सम्बन्धी काम सम्पन्न भएको, वडा प्रशासनिक भवन निर्माण गरी आफ्नै भवनबाट सेवा प्रवाह शुरु भएको, वडा कार्यालयमा इन्टरनेट सेवा पु¥याई अनलाइन घटनादर्ता तथा राजश्व सङ्कलन कार्य शुरु भएको, विद्युतीय खरिद प्रकृयाको अनिवार्य अवलम्बन गरिएको, लेखा प्रणालीलाई सुत्र मार्फत् कार्यान्वयनमा ल्याइएको, कोरोना नियन्त्रण र उपचारको गति दु्रतस्तरमा भइरहेको, हालसालैको विपद्का कारण भएको जनधनको क्षति न्यूनीकरण गर्न विपद् व्यवस्थापन गर्ने कार्य भइरहेको, आधारभूत स्वास्थ्यचौकी र स्वास्थ्य सेवा केन्द्र स्थापना र सञ्चालन भएको, नयाँ भवनमा नगरपालिकाको प्रशासनिक भवन स्थानान्तरण र व्यवस्थापन भएको उल्लेख गर्नुभएको छ ।

    त्यस्तै नारेश्वर ताल निर्माणको लागि जग्गा प्राप्ति सम्बन्धी प्रकृया अन्तिम चरणमा पुगेको, केशवटार मार्ग, पराशर मार्ग, खड्गकाली मार्ग, कलेस्ती मार्ग, दुम्सीचौर मार्ग, बाराही मार्ग, गलेखामकोटमा भ्युटावर निर्माण, अमरापुरी र क्याम्पसको बीच बुल्दी खोलामा कजवे निर्माण, खानेपानी, सिंचाई सम्बन्धी कार्यहरु सम्पन्न भएको, स्वास्थ्य सम्बन्धी नयाँ ल्याव स्थापना, कार्यालयको नयाँ भवनमा लिफ्ट जडान, होमस्टे प्रबद्र्धन तथा व्यवस्थापन कार्य विभिन्न चरणमा सम्पन्न भएको पन्तले उल्लेख गर्नुभएको छ ।

    सत्यवती र निर्मल माध्यमिक विद्यालय नमूना विद्यालय सञ्चालन सम्बन्धी विविध कार्यक्रमहरु अन्तिम चरणमा पुगेको, हालसम्म ऐन १५, नियमावली ६, कार्यविधि २३, निर्देशिका ९ र अन्य ४ वटा गरी जम्मा ५७ वटा कानून निर्माण भई कार्यान्यनमा रहेको, एकीकृत शहरी विकास योजना सम्पन्न भएको, एकीकृत मादी नदी विकास परियोजना सञ्चालन गर्न मादी नदीको डिपिआर तयार गर्न कन्सल्टेन्टन छनौट कार्य सम्पन्न भएको, आर्थिक वर्ष ०७५÷७६ मा ९ सय ६९ वटा सानाठूला योजना र आर्थिक वर्ष ०७६÷७७ मा ९ सय ७९ योजना सञ्चालन भएको, नगरपालिकाको आय ठेक्कामा वृद्धि भएको प्रमुख प्रशासकीय अधिकृत पन्तले उल्लेख गर्नुभएको छ ।

    त्यस्तै युवा संसदको अभ्यास गर्दै युवा संसद गठन गरिएको, अल्ट्रा म्याराथन, मेयर कप, उपमेयर कप लगायतका खेलकुद कार्यक्रमहरु सम्पन्न भएको, व्यास नगरपालिका–२, ३ र ४ मा घर नम्बरिङ प्रणाली सम्पन्न भएको, सम्पूर्ण सामुदायिक विद्यालयहरुमा शिक्षकको नियमित सरुवा व्यवस्थापन गरिएको, नगरपालिकामा समाहित भएका सहकारी, कृषि, पशु, शिक्षा, महिला विकास, स्वास्थ्य विषयगत कार्यालयको प्रभावकारी व्यवस्थापन भएको र सञ्चारमैत्री नगरपालिकाको रुपमा विकास गर्दै लगिएको पन्तले उल्लेख गर्नुभएको छ ।