सिन्धुपाल्चाेक पहिराे : २२ काे शव भेटियाे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • वागमती

    सिन्धुपाल्चाेक पहिराे : २२ काे शव भेटियाे

    खबरपुञ्ज संवाददाता

    १ भाद्र २०७७, सोमबार

    सिन्धुपाल्चाेक । शुक्रबार बिहान जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरामा परेका २२ जनाको शव फेला परेको छ । आज बिहान थप तीन जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

    साेमबार वर्ष २२ का छविलाल दोङ, वर्ष छ का सुमन दोङ र वर्ष १० का सुरज दोङको शव फेला परेको प्रनाउ काफ्लेले जानकारी दिनुभयो । पहिरामा बेपत्ता ३९ जनामध्ये आजसम्म २२ जनाको शव फेला परेको र अन्यको सेना, प्रहरी र स्थानीयवासीले खोजी गरिरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।