तनहुँ । गण्डकी प्रदेशका ६ जिल्लामा १७ नयाँ सङ्क्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार राति सार्वजनिक गरेको विवरण अनुसार कास्की, नवलपुर, लमजुङ, तनहुँ, बागलुङ र स्याङ्जा जिल्लामा १७ सङ्क्रमित थपिएका हुन् ।
स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार कास्कीमा ११, नवलपुरमा १, लमजुङमा १, तनहुँमा २, बागलुङमा १ र स्याङ्जामा एक सङ्क्रमित थपिएको जानकारी दिनुभयो । पोखरा महानगरपालिका–१६ का ६६ वर्षीय पुरुष, वडा नं ९ का ३१ वर्षीया महिला, ३६ वर्षीय पुरुष, वडा नं ७ का ३८ वर्षीय पुरुष र ३६ वर्षीया महिला, वडा नं १७ का ८७ वर्षीय पुरुष, वडा नं २७ का २४ वर्षीया महिला, १० र ५९ वर्षीय पुरुष, वडा नं ३० का ४६ वर्षीय पुरुष, वडा नं ४ का २१ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ ।
नवलपुरको विनयत्रिवेणी गाउँपालिका–१ का २८ वर्षीय पुरुष, लमजुङको दोर्दी गाउँपालिका–१ का ३० वर्षीय पुरुष, तनहुँको व्यास नगरपालिका–१ का ३१ र २३ वर्षीया महिला, बागलुङको बागलुङ नगरपालिकाका २६ वर्षीय पुरुष र स्याङ्जाको पुतलीबजार नगरपालिकाका ६० वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार ७ सय ५६ पुगेको छ ।