तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकाका ६० जना समुदायका व्यक्तिको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । समुदायसँग बढी सम्पर्कमा रहने विभिन्न क्षेत्रका व्यक्तिको स्वाब सङ्कलन गरी परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।
नगरपालिकाका प्रवक्ता खिम बहादुर कुमालका अनुसार विभिन्न पसल, मोटर ग्यारेज, मासु पसल, ब्युटि पार्लर, सैलुन, मेडिकल, बैंकका कर्मचारी साथै नगरपालिकाका नगर प्रहरी, वडा सचिव र अन्य कर्मचारीक स्वाब परीक्षण गरिएको थियो । “गत बुधबार स्वाब पठाइएकामा ५५ जनाको केही दिन पहिले र ५ जनाको आज रिपोर्ट प्राप्त भएको हो,” कुमालले भन्नुभयो ।