राष्ट्रकवि घिमिरेको निधनप्रति गण्डकीका मुख्यमन्त्रीद्वारा दुःख व्यक्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    राष्ट्रकवि घिमिरेको निधनप्रति गण्डकीका मुख्यमन्त्रीद्वारा दुःख व्यक्त

    खबरपुञ्ज संवाददाता

    १ भाद्र २०७७, मंगलवार

    पाेखरा । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दुःख व्यक्त गर्नुभएको छ । मंगलबार साँझ १ सय १ वर्षको उमेरमा घिमिरेको निधन भएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले प्रेस विज्ञप्ती मार्फत् दुःख व्यक्त गर्नुभएको हो ।

    राष्ट्रकवि घिमिरेले साहित्यका माध्यमबाट आधुनिक नेपाली जनमानसमा राष्ट्रप्रेम र प्रकृतिप्रेमको भावना जागरण गराउन प्रमुख भूमिका निर्वाह गरेको उल्लेख गर्नुहुँदै मुख्यमन्त्री गुरुङले घिमिरेको निधनले देशलाई नै अपुरणीय क्षति पुगेको बताउनुभयो । मुख्यमन्त्री गुरुङले भन्नुभयो, “साहित्यको माध्यमबाट घिमिरेले पु¥याउनुभएको कालजयी योगदानको उच्च कदर गर्दै गण्डकी प्रदेशको मात्र होइन सिङ्गो राष्ट्रकै गौरवप्रति यस दुःखको क्षणमा प्रदेश सरकारको तर्फबाट उच्च सम्मान प्रकट गर्दछु ।”

    गण्डकी प्रदेशको लमजुङ जिल्लाको मस्र्याङ्दी गाउँपालिकाको पुस्तुनमा विसं १९७६ असोज ७ गते घिमिरेको जन्म भएको थियो ।