मन्त्री गुरुङ भन्नुहुन्छ, ‘जबसम्म हिमाल रहन्छ, राष्ट्रकविकाे उचाई चुलिरहन्छ’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    मन्त्री गुरुङ भन्नुहुन्छ, ‘जबसम्म हिमाल रहन्छ, राष्ट्रकविकाे उचाई चुलिरहन्छ’

    खबरपुञ्ज संवाददाता

    १ भाद्र २०७७, मंगलवार

    पाेखरा । गण्डकी प्रदेशका आर्थिक मामिला तथा याेजनामन्त्री किरण गुरुङले राष्ट्रकवि माधवप्रसाद घिमिरेकाे निधनप्रति दु:ख व्यक्त गर्नुभएकाे छ । मङ्गलबार सामाजिक सञ्जालमार्फत् मन्त्री गुरुङले स्व. घिमिरकाे निधनप्रति दु:ख व्यक्त गर्नुभएकाे हाे ।

    मन्त्री गुरुङले जबसम्म हिमाल रहन्छ, तबसम्म उहाँकाे उचाई चुलिरहने बताउनुभयाे । उहाँले भन्नुभएकाे छ, “जबसम्म नेपाल र नेपाली रहन्छ, तबसम्म उहाँ बाँचिरहनुहुन्छ, जबसम्म हिमाल रहन्छ, तबसम्म उहाँको उचाइ चुलिरहन्छ । स्व. राष्ट्रकविप्रति मेरो हार्दिक श्रद्धा सुमन ।”

    मन्त्री गुरुङले स्व. घिमिरेकाे भौतिक शरीर हामी बीच नरहे पनि उहाँले छाडेर जानुभएको अमरकृतिहरूमा सदैव नेपाल र नेपालीका बीच बाँचिरहने बताउनुभयाे ।