चितवनमा थप ३० जनामा देखियो कोरोना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • वागमती

    चितवनमा थप ३० जनामा देखियो कोरोना

    खबरपुञ्ज संवाददाता

    ३ भाद्र २०७७, बुधबार

    चितवन । चितवनमा थप ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चितवन जिल्लाका २० र अन्य विभिन्न जिल्लाबाट उपचारका लागि चितवन आएका १० जना गरी ३० जनामा कोरोना संक्रमण देखिएको हो ।

    भरतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणमा चितवनको भरतपुर महानगरपालिकाका १२ जना, खैरहनीका ५ जना, राप्ती नगरपालिकाका २ जना र रत्ननगरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यस्तै, नवलपुरका ५, महोत्तरी, बाँके, तनहुँ, मकवानपुर र बाराबाट उपचारका लागि आएका  एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    भरतपुर अस्पताल, मौलाकालिका अस्पताल र नारायणी सामुदायिक अस्पतालबाट लिइएको स्वाबमा भरतपुरका ५ पुरूष र ७ महिला गरी १२ जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ । उनीहरू भरतपुर–१, २, ३, ४, ७, १० र ११ का बासिन्दा हुन् । संक्रमित पुरुषहरू १९ देखि ६५ वर्ष उमेर समूहका छन् । महिलाहरू ९ वर्षकी बालिकादेखि ४४ वर्ष उमेर समूहका छन् ।

    यस्तै, खैरहनी नगरपालिका–३ का पाँच जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये एकजना मंगलबार विहान निधन भएकी १०८ वर्षीया वृद्धा हुन् ।