पोखरा : कास्कीको एउटै वडामा १६ सहित २४ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले बुधबार सॉझ सार्वजनिक गरेको विवरण अनुसार पोखरा महानगरपालिका-७ मा १६ क बागलुङमा ८ सङ्क्रमित थपिएका हुन् ।
पोखरा महानगरपालिका-७ का ३१, २३, ३३, २४, ४७, २३, ३६, ३६, २६, ३१, २५, ३४, २३, २८, २४ र २३ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।
त्यस्तै बागलुङको बागलुङ नगरपालिका-३ का २१, ३५, १६ वर्षीया महिला, १३, ८, २२ वर्षीय पुरुष, जैमिनी गाउँपालिका-८ का २० र बडिगाड गाउँपालिकाका ३४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।
बुधबार मात्रै यसअघि २३ सङ्क्रमित थपिएका थिए । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १८१२ पुगेको छ ।