नवलपुरमा थपिए तीन सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    नवलपुरमा थपिए तीन सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    ४ भाद्र २०७७, बिहीबार

    नवलपुर : गण्डकी प्रदेशको नवलपुरमा तीन कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले बिहीबार दिउँसो सार्वजनिक गरेको विवरण अनुसार नवलपुरको गैडाकोट नगरपालिकाका एक पुरुष र दुई महिलामा कोरोना पुष्टि भएको हो ।

    स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार गैडाकोट नगरपालिका वडा नं २ का ६३ वर्षीय पुरुष र ३८ वर्षीया महिला र वडा नं १३ को ५५ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि भएकाहरुलाई आइसोलेशन कक्षमा लैजाने तयारी गरिएको छ ।

    बिहीबार बिहान मात्रै कास्कीको पोखरा महानगरपालिका वडा नं ५ का १४ वर्षीय पुरुष, १६ वर्षीया महिला, वडा नं ८का ४२ वर्षीय पुरुष, तनहुँको भानु नगरपालिका वडा नं ६ का ३७ र २८ वर्षीय पुरुष, स्याङ्जाको गल्याङ नगरपालिकाका ४० वर्षीय पुरुष गरी ६ जनामा कोरोना पुष्टि भएको थियो ।
    योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार ८ सय २१ पुगेको छ ।