पाेखरा : गण्डकी प्रदेशमा २३ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार जारी गरेको विवरण अनुसार नवलपुर, कास्की, बागलुङ, मोरङ, चितवनका १६ पुरुष र ७ महिलामा कोरोना पुष्टि भएको हो ।
नवलपुरको विनय त्रिवेणी गाउँपालिका वडा नं १० का ६२, ३१, ५८, ४०, ३०, ३२, ३४, ४३, ५०, ३३ वर्षीय पुरुष र ६०, ३६ र ५६ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ । त्यस्तै सोही गाउँपालिकाको वडा नं ७ का ३८, ४८, ५४ वर्षीय पुरुष र ३२ र ३८ वर्षीया महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।
त्यस्तै बागलुङ नगरपालिका वडा नं २ का २६ वर्षीया महिला, मोरङको विराटनगर महानगरपालिका घर भई मनाङमा कार्यरत ५७ वर्षीय र चितवनको भरतपुर महानगरपालिका घर भई चितवनमा कार्यरत ५१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।
त्यस्तै कास्कीको पोखरा महानगरपालिका वडा नं २७ का ५० वर्षीया महिला र नवलपुरको गैडाकोट नगरपालिका वडा नं २ का ३२ वर्षीया पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
यो सँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार ८ सय ४४ पुगेको छ ।