तनहुँ : तनहुँको व्यास नगरपालिका-४ निवासी दुवै मिर्गौला पीडित रामलाल श्रेष्ठलाई सोही वडा निवासी व्यक्तिहरुले शनिबार आर्थिक सहयोग गर्नुभएको छ ।
स्थानीय कमला श्रेष्ठ र मिठु पन्थले रु ८ हजार र सलिम मियॉले रु ५ हजार मिर्गौला पीडित श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको छ । व्यास युथ क्लवका अध्यक्ष मिनबहादुर गुरुङ र सामाजिक युवा अभियान्ता लक्ष्मीभक्त खनालको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरियो ।
व्यास युथ क्लब र लायन्स अफ तनहुँ दमौलीले मिर्गौला पीडित श्रेष्ठको उपचारका लागि सहयोग रकम जुटाउने अभियान जारी राखेका छन् ।