सेना प्रहरी सहित १५६ लाई काेराेना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • प्रदेश २

    सेना प्रहरी सहित १५६ लाई काेराेना

    खबरपुञ्ज संवाददाता

    ७ भाद्र २०७७, आईतवार

    वीरगञ्ज । पर्सा र बारामा १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालस्थित पीसीआर ल्याबमा ३ सय २० वटा स्वाब नमूना परीक्षण गर्दा ३४ जना महिलासहित १५६ जनामा कोरोना पुष्टि भएको हो । पर्साका १४५ र बाराका ११ जनामा संक्रमण देखिएको छ । संक्रमितहरु ३ वर्षदेखि ७० वर्ष उमेर समूहका छन् ।

    नेशनल मेडिकल कलेज, भवानी र तराई हस्पिटलका गरी ५ जना डाक्टर, जिल्ला प्रहरी कार्यालयका कर्मचारी, नारायणी एफएमका कर्मचारी र जीतपुर आर्मी ब्यारेकका नेपाली सेनामा समेत संक्रमण देखिएको छ ।

    यसअघि पर्सामा ३ सय ८७ जना महिलासहित १ हजार ७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । जसमा २२ जना भारतीय नागरिक, १२० जना स्वास्थ्यकर्मी, ८६ सुरक्षाकर्मी, ८ जना पत्रकार, ८९ कैदी थुनुवा, ४८ जना अस्पताल सफाइकर्मी, गार्ड र कार्यालय सहयोगीसमेत संक्रमित भए । जसमध्ये ७४ जना महिलासहित ३ सय ५६ जना कोरोना मुक्त भई घर फर्केका छन् ।

    ३४ जना महिलासहित १ सय ४३ जना संक्रमित आइसोलेसनमा छन् । २ सय ४ जना महिलासहित ६१० जना होम आइसोलेसनमा रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

    १७ हजार ५ सय १ जनाको स्वाब संकलन गरिएकोमा ३ सय ३० जनाको रिपोर्ट आउन बाँकी छ । शनिबार २ सय ३५ जनाको स्वाब संकलन गरिएको छ ।

    पर्सामा हालसम्म कोभिड–१९ को संक्रमणबाट २८ जनाको मृत्यु भएको छ । २८ जनामध्ये एउटा बेवारिसे शवको पहिचान खुलेको छैन ।