वीरगंजका मेयरले जित्नुभयाे कोरोना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • प्रदेश २

    वीरगंजका मेयरले जित्नुभयाे कोरोना

    खबरपुञ्ज संवाददाता

    ८ भाद्र २०७७, सोमबार

    वीरगञ्ज : वीरगञ्ज महानगरका मेयर विजयकुमार सरावगी २५ दिनपछि कोरोना संक्रमणलाई जित्नुभएकाे छ । कोभिड १९ को संक्रमण भई काठमाडौं र वीरगंजको होम आइसोलेसनमा बस्दै आउनुभएका सरावगी आइतवार नारायणी अस्पतालमा भएको स्वाब परीक्षणमा उहाँकाे रिपोर्ट नेगेटिभ आएपछि उहाँ कोरोना मुक्त हुनुभएकाे हाे ।

    वीरगञ्ज महानगरको कामकाजलगायत राहत वितरण कार्यक्रममा उहाँमा सङ्क्रमण देखिएकाे थियाे । त्यसपछि उहाँ बुवा, आमा पत्नीलगायत वीरगञ्ज महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीपकुमार निरौला, सामाजिक विकास महाशाखा प्रमुख अरुणकुमार महतोलगायत अधिकांश कर्मचारी एवं चार वटा वडाका वडा अध्यक्ष समेत संक्रमित भएका थिए।