तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिका-४ स्थित एक डिपार्टमेन्टल स्टोर्समा कार्यरत कोरोना सङ्क्रमितको युवाको सम्पर्कमा थप एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
भदौ ३ गते सार्वजनिक विवरण अनुसार डिपार्टमेन्टल स्टोर्समा कार्यरत सवारी चालकलाई कोरोना पुष्टि भएपछि नगरपालिकाले कन्ट्याक्ट ट्रेसिङबाट ५९ जनाको स्वाब सङ्कलन गरेको थियो । त्यसमध्ये शुक्लागण्डकी नगरपालिका-४ का २८ वर्षीय युवाको रिपोर्ट पोजिटिभ देखिएको नगरपालिकाका प्रवक्ता खिम कुमालले जानकारी दिनुभयो । बॉकी ५८ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।