तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिका-८ निवासी एक महिला पोखरामा मृत अवस्थामा फेला परेकी छन् । पोखरा महानगरपालिका-३३ लामेआहालस्थित प्रतिक्षालयमा ५० वर्षीया सीता परियारको शव सोमबार भेटिएको हो ।
शवमा कुनै प्रकारको बाहिरी चोट नदेखिएको शवको प्रकृति हेर्दा हत्या जस्तो नदेखिएपनि शवको पोष्टमार्टमपछि घटनाको बारेमा खुल्ने कास्की प्रहरीले जनाएको छ ।