भीमादमा दुई दिन लम्बियो लकडाउन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भिमाद

    भीमादमा दुई दिन लम्बियो लकडाउन

    खबरपुञ्ज संवाददाता

    ९ भाद्र २०७७, बुधबार

    तनहुँ : तनहुँको भीमाद नगरपालिकाले लकडाउनलाई दुई दिन लम्ब्याएको छ । भदौ ३ गतेदेखि १० गतेसम्म निषेधाज्ञा जारी रहेको नगरपालिकामा थप दुई दिन लकडाउन लम्ब्याउने निर्णय भएको छ ।

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत थमनसिंह थापाले छिमेकी पालिकाहरुमा समुदायस्तरमा सङ्क्रमण देखिएको र पिसीआर परीक्षणको रिपोर्ट आउन बाँकी रहेकाले नगरपालिकाभर भदौ १२ गतेसम्मलाई लकडाउन थप गरिएको जानकारी दिनुभयो । उक्त अवधिभर अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द रहनेछन् ।