तनहुँ : तनहुँको भानु नगरपालिकाले बुधबार १ सय ४८ जनाको स्वाब सङ्कलन गरेको छ । भानु नगरपालिका–६ का एक स्थानीय व्यक्तिमा पनि कोरोना देखिएपछि नगरपालिकाले कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब सङ्कलन गरेको हो ।
भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले स्वाब सङ्कलन गरिएकामध्ये अधिकांश कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएकाहरु रहेको जानकारी दिनुभयो । साथै होम क्वारेन्टिनमा बसेका र रुघाखोकी लागेकाहरुको पनि स्वाब सङ्कलन गरिएको छ ।
भानु नगरपालिकाका समुदायमा कोरोना सङ्क्रमित भेटिन थालेपछि नगरपालिकाको पिसीआर परीक्षणको दायरा बढाएको छ ।