तनहुँ :तनहुँको भीमाद नगरपालिकामा पुन: दुई दिन लकडाउन लम्ब्याइएको छ । नगरपालिकामा शुक्रबार बसेको सर्वपक्षीय बैठकले भदौ १४ गतेसम्मलाई लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
यसअघि भदौ १० गतेसम्म बन्द रहेको भीमादमा दुई दिन थप गरेर लकडाउन १२ गतेसम्म पुर्याइएको थियो । छिमेकी पालिकाहरुमा समुदायस्तरमा सङ्क्रमण फैलिरहेको र सेवा प्रवाह सुचारु भइनसकेको हुँदा लकडाउन थप गरिएको प्रमुख प्रशासकीय अधिकृत थमनसिंह थापाले जानकारी दिनुभयो ।